नेपाली कांग्रेस १२ द्धारा अन्ठाउन्न हजार बराबरको राहत हस्तान्त्रण

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
pokhara 12 (2)

पोखरा २५ चैत । कोरोना भाइरसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे नेपाली कांग्रेस पोखरा १२ कार्यसमीतिले ५८,२६१ रुपैयाँ बराबरको खाद्यान्न सामाग्री आज पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्त्रण गरेको छ ।

नेपाली कांग्रेस पोखरा १२ का सभापति राधेश्याम कोइराला कांग्रेस क्षेत्र नं १ ‘ख’ का सभापति कृष्ण कोइराला नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोला तथा नेपाली कांग्रेस १२ का सचिव राम्जी बास्तोलाले मंगलवार वडा कार्यलयमा गई पोखरा १२ का वडा अध्यक्ष राम बहादुर कार्कीलाई ५८,२६१ रुपिया बराबरको खाद्यान्न सामाग्री सहितको बिल हस्तान्त्रण गरेका हुन् ।

यस विषम परिस्थितिमा नेपाली काग्रेस १२ को सक्रियतामा वडामा रहेका मजदुरहरुको विवरण संकलन गरि वडा मार्फत राहत वितरण गर्न वडालाई सुझाव दिदै उक्त खाद्यान्न सामाग्री वडा कार्यालयलाई हस्तान्त्रण गरिएको नेपाली कांग्रेस क्षेत्र नं १ ‘ख’ का सभापति कृष्ण कोईरलाले बताए ।आपत विपत परेकाहरुलाई राहत दिएको फोटो सामाजिक सन्जालमा राखेर प्रचार गर्न नचाएको बताउदै नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोलाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि वडामा दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत वितरण गर्न वडा मार्फत जान राम्रो हुने भएकोले वडा कार्यालयलाई हस्तान्त्रण गरिएको बास्तोलाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width