इङ्लिस प्रिमियर क्लबहरुको आँखा ब्राजिली स्टार फिलिप कौटिन्होमाथि

एजेन्सी
चैत्र २५, २०७६
Philip Coutinho, Bayern Munikh

 ब्राजिलका फुटबल स्टारर फिलिप कौटिन्होमाथि शीर्ष इङ््लिस प्रिमियर क्लबहरुले आँखा लगाएका छन् ।

ऋणमा जर्मन बुनडेसलिगाका लागि बायर्न म्युनिखबाट खेलिरहेका कौटिन्होमाथि चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनह्याम लगायतका इङ्लिस प्रिमियर क्लबहरुले आफ्ना क्लबमा भित्राउन आँखा लगाएका छन् । प्रिमियर क्लबहरुमध्ये पनि कौटिन्हो चेल्सीमा अनुवन्ध हुनसक्ने बलियो अनुमान लगाइएको छ ।

पश्चिम लन्डन क्लब चेल्सीले ब्राजिलियन फरवार्ड कौटिन्होलाई स्टामफोर्ड ब्रिज उतार्न ईच्छुक देखिएको छ । अनुवन्धका लागि चेल्सी कौटिन्होका एजेन्टसँग बराबर सम्पर्कमा रहेको समाचार छ । स्वयं कौटिन्होले पनि इङ्लिस प्रिमियर क्लब जाने इच्छा देखाएका छन् ।

कौटिन्होलाई भित्राउन चेल्सीले करीव ७० मिलियन पाउण्डको महङ्गो रकम खर्च गर्नुपर्ने हुन्छ । सन २०१८ को जनवरीमा स्पेनिस क्याटलाना महारथी बार्सिलोनाले ब्राजिल तथा लिभरपुलका स्टार कौटिन्होलाई नाउक्याम्पमा भित्राएको थियो ।

लिभरपुलबाट कौटिन्होका लागि बार्सिलोनाले १ सय ४५ मिलियन पाउण्ड खर्च गरेको थियो । ब्राजिलियन नेशनल टिमका समकक्षी स्टार नेयमार फ्रेन्च क्लब पीएसजी गएपछि सट्टामा लिभरपुलका स्टारलाई बार्सिलोनाले नाउक्याम्प लगेको थियो ।

कौटिन्होले हाल जर्मनी महारथी बायर्न म्युनिखबाट लोनमा खेलिरहेका छन् । नाउक्याम्पमा खासै जम्न नसकेपछि बार्सिलोनाले कौटिन्होलाई लोनमा जर्मनी क्लब बायर्न म्युनिख पठाएको थियो ।

बायर्नले बिकल्पमा कौटिन्होलाई १ सय ५ मिलियन पाउण्ड खर्च गर्न रुची देखाको छैन । उता, बार्सिलोनाले पनि कौटिन्होलाई सस्तोमा बेच्न चाहेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width