थारु समुदायको संसारी पूजा स्थगित

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
katari puja file photo

नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा यस बर्ष स्थगित भएको छ ।

हरेक वर्ष चैत्र पूर्णिमा दिन गरिने संसारी पूजा यस बर्ष चैत्र २६ गते परेको थियो । यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ । श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरको सचिव पतिराम थनेतले कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समर्थन गर्दै यस बर्षको संसारी माइको पूजा स्थगित गरिएको बताए ।

नवलपुर र चितवनका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कृतिपुरमा बास बसी २६ गते अर्थात चैत्र पूर्णिमाको दिन संसारी माइको पुजा गर्ने गरिन्थ्यो । सोही स्थानमा पाँच बर्षमा एक पटक भने कन्तरी माइको पूजा गर्ने प्रचलन थारु समुदायमा रहेको छ । रोगव्याधी अन्त्यको लागि थारु समुदायले कन्तरी माइ र संसारी माइको पूजा गर्ने गर्दछन् । चैत्र पूर्णिमाको दिन अर्थात चैत्र २६ गते स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थिति विना पूजारी मात्र बसेर गरिने भएको थनेतले बताए ।

Related News

सम्बन्धित समाचार

    • सकियो सडक महोत्सव

      Avatar आदर्श समाज सम्वाददाता पौष १७, २०७७
      पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
    • याे वर्ष टुर दी पोखरा नहुने

      adarsha samaj आदर्श समाज संवाददाता पौष १०, २०७७
      पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
    • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

      rss रासस भाद्र १४, २०७७
      काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
    • ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

      rss रासस चैत्र २५, २०७६
      भक्तपुर, २५ चैत । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर…
    • ठाडोभाकाका सर्जक धम्पुलाई सम्मानित

      Avatar आदर्श समाज सम्वाददाता फागुन २६, २०७६
      लमजुङ । सुन्दरबजार सांस्कृतिक महोत्सवमा ठाडोभाका सर्जक बुद्धिमान दुरा ‘धम्पु’ लाई सम्मान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि तमु…

    hero news full width

    sanil ads

    wordlink ads