कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

नवलपरासीमा स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६

नवलपरासी, २५ चैत्र । पूर्वी नवलपरासीमा गएराति भएका सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ५ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५२ प ३९८६ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक ५२ वर्षीय टकबहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति जिल्ला अस्पताल भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

हाम्रो सुझाव