Worldlink ads

धौलागिरि अस्पतालमा सघन उपचार कक्ष निर्माण शुरु

रासस
चैत्र २५, २०७६
Dhaulagiri_Hospital

बागलुङ २५ चैत । धौलागिरि अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि सघन उपचार कक्ष निर्माण हुने भएको छ ।

सरकारको एक करोड र बाँकी अस्पतालको खर्चमा सघन उपचार कक्ष निर्माण हुने अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा चार शय्याको आइसोलेसन कक्ष निर्माण गरेको थियो । अहिले दुई शय्यामा बिरामी राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । बागलुङमा नै दुई जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेपछि ती दुबै जनालाई आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए ।

“कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) को अभाब रहेको छ”, उनले भने “त्यसैले अस्पतालले सघन उपचार कक्ष निर्माणको प्रक्रिया अघि बढाएको छ ।” “सघन उपचार कक्ष निर्माण र आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि मङ्गलबार बोलपत्र आह्वान गरिएको छ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भने “सात दिनको समय राखेर बोलपत्र आह्वान गरिएको छ ।” “हामी संरचना बनाउँछौं, त्यसका लागि प्रक्रियाको थालनी भइसकेकोे छ”, उनले भने “जतिसक्दो छिटो काम गर्न भनेका छौं ।’

नेपाल सरकारले धौलागिरि अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने भन्दै रु एक करोड बजेट विनियोजन गरेको छ । सरकारले पठाएको सोही रकम खर्च गरेर पूर्वाधार निर्माणको काम थालिएको अध्यक्ष रानाको भनाइ छ । सघन उपचार कक्ष निर्माण पश्चात श्वासप्रश्वास, मुटु र मृगौलालगायत समस्या भएका बिरामीको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि ध्यानमा राखेर तत्काल सघन उपचार कक्षको निर्माणको प्रक्रिया थालेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । “अब पूर्वाधारको पाटोका सबै काम हुन्छ”, उनले भने “आवश्यक जनशक्ति पठाउने काम सरकारको हो । आशा गरौं हामीले काम सक्दा जनशक्तिको पनि व्यवस्था हुनेछ ।”

यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्ने मुलुककै तेस्रो अस्पताल हो । पहिलो काठमाडौंको टेकु, दोस्रो धनगढीको सेती प्रादेशिक र तेस्रो यो अस्पताल हो । “हामिले दुई हप्तादेखि २० दिन सम्ममा आईसीयू बनाउँछौं’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पोखरेलले भने “जतिसक्दो छिटोबनाउने प्रयत्न भैरहेको छ ।” उनले अत्यावश्यक सेवा भएकाले सबै सरोकारवालाको सहयोगमा काम छिटो सकिने विश्वास व्यक्त गरे ।

साविक धौलागिरीका चार जिल्लाका झण्डै ६ लाख नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारी बोकेको यो अस्पतालमा यतिखेर कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चेकजाँचका लागि आउने बिरामीको चाप बढ्दो छ । बागलुङ जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पताल भएका कारण पनि यहाँ कोरोना सङ्क्रमयाको आशङ्कामा उपचार गराउन आउने बिरामीको चाप बढेको हो ।

Related News

सम्बन्धित समाचार

    • खाली हुँदै आइसोलेशन

      रासस भाद्र ३०, २०७८
      चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र…
    • क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      पोखरा । नेसनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एन्ड रिसर्च सेन्टरले साथ…
    • भारतमा देखियो निपाह भाइरस, नेपालमा सचेत रहन आग्रह

      रासस भाद्र २८, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको…
    • भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

      रासस भाद्र २७, २०७८
      बैतडी । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा…
    • बिरामीलाई हेलिकोप्टरकै भर !

      रासस भाद्र २७, २०७८
      काभ्रेपलाञ्चोक । महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads