‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा

Avatar एजेन्सी
चैत्र २५, २०७६
1586239658tempo

मकवानपुर, २५ चैत । ‘दूध ढुवानी सेवा’ टाँसेर अबैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ।

लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर–२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध मदिरा फेला परेको एसपी सुशीलसिंह राठौरले बताए।

मकवानपुरबाट खटिएको प्रहरी टोलीले दूधको ३ वटा खाली क्यान रहेको र सोही टेम्पोमा ६ वटा जर्किनमा अवैध घरेलु मदिरा १४० लिटर फेला पारेको थियो। उक्त टेम्पो चालक, मदिरा, टेम्पोलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

Related News

सम्बन्धित समाचार

    • मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । गत माघ २३ गते पोखरा १७ महतगौंडामा मनोज विकमाथि गोली प्रहार भएको पुष्टि भएको छ । त्यो समयमा…
    • फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

      rss रासस चैत्र २८, २०७७
      कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ ।…
    • बलात्कारीलाई ७ वर्ष कैद फैसला

      rss रासस चैत्र २६, २०७७
      गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको…
    • प्रहरी र तस्करबीच गोली हानाहान

      rss रासस चैत्र २४, २०७७
      सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको…
    • मोटरसाइकल चोरी गर्ने पक्राउ

      rss रासस चैत्र २१, २०७७
      काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको…

    hero news full width

    sanil ads

    wordlink ads