सकियो चेपाङ बस्तीमा खाद्यन्न

रासस
चैत्र २४, २०७६
01 Makai Bhutti

धादिङ, २४ चैत । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसो लुगामा काखे बच्चा बोकेर गाउँ हिँडेको अवस्थामा भेटिए, २१ वर्षीया सानुमाया चेपाङ । बेनिघाटरोराङ गाउँपालिका–६ ममाङकि सानुमायाँ गाउँमा कोरोनाको जोखिम बढेको भए पनि बाँच्ने आशामा गाउँ घुम्न विवश भएका हुन् ।

उनीले भनिन् “केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । ” बुमराङ गाउँमा भेटिएकी सानुमाया काखमा एक महिनाको बच्चा बोकेर खानेकुरा माग्दै हिँड्ेकी थिइन् । उनको दुई बच्चा घरमा छन् । उनको श्रीमान् पनि घरमा दुई बच्चा कुरेर बसेका छन् । “एक हलको मेलो जग्गा छ । जमिनको उत्पादनले खान पुग्दैन । ज्याला गरेर खानुपर्छ ।” उनीले भनिन् । कोभिड– १९ को जोखिमले गाउँमा समेत काम नपाएपछि यो परिवार समस्यामा परेको हो । गाउँमा मागेको खानेकुराले परिवार पालिएको सानुमायाले बताइन् ।

सानोखरको छानो घरभित्र एक डोकोमकै, खाना पकाउने भाडा र लगाउने लुगासमेत एकसरो पुरानो मात्र रहेको ३० वर्षीया सोल्टीमाया चेपाङको परिवार छुट्टै समस्याले गाँजेको छ । खोरियाबारी । ज्यला गरेर बाँच्नु पर्ने अवस्थाको चेपाङ परिवार । श्रीमान् ६० वर्षको भए । हाल उनीसँग सात जनाको परिवार छ । खानबस्न मात्र होइन । दादुराका कारण थलिएकी छोरी कोरोनाको त्रासका कारण उपचार नपाएर आँगनमै बसी रहेकी छिन् । समस्यामाथि समस्या आएको चेपाङ परिवारमा बाँच्नका लागि हरेक दिन सङ्घर्ष गरिरहेछ । कोरोना भाइरसको महामारीको हल्ला भएपछि काम नपाएकाले उनीहरु थोरैथोरै खोले खाएर बसिरहेको सोल्टीमायाले बताइन् ।

यी प्रतिनिधिमूलक दुई घटना हुन् । गाउँमा समेत काम नपाएपछि उनीहरु जस्तै बुमराङमा सात परिवार, बुङपुङ तार्केटारमा पाँच परिवार र रोतेसमा यस किसिमका सात परिवार खानेकुरा सकिएर समस्यामा परेको वडाध्यक्ष देवकृष्ण आलेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width