Worldlink ads

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

रासस
चैत्र २४, २०७६
thumb

गोरखा, २४ चैत । कोेरोना भाइरस ( कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो । सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए। “कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४सै घण्टा सजग अवस्थामा रहन्छ”, उनले भने “गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निणर्य गर्छ ।”

समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
“प्रतिकार्य समितिले गाउँभित्रका लागि अत्यावश्यकबाहेक गाउँ बाहिर पनि जान दिँदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैँन”, उनले भने । साथै उनले प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको उनले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहलेसमेत राख्ने गरेको छ । त्यस्तै पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए । “विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ”, अध्यक्ष गुरुङले भने “क्वारेन्टाइनमा बसेकाले नियम पालना गरे नगरेकोसमेत दिनहुँ अनुगमन हुन्छ ।”

Related News

सम्बन्धित समाचार

    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • हवाई खेलकुदको चासो : विमानस्थल बनेपछि के हुन्छ ?

      प्रकाश ढकाल असाेज ३, २०७८
      पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट…
    • फुटसल खेलाउँदै पोखरा

      धनबहादुर गुरुङ असाेज ३, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन…
    • सातौँ संविधान दिवस मनाइँदै

      रासस असाेज ३, २०७८
      काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads