अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

रासस
चैत्र २४, २०७६
images (1)

अर्घाखाँची २४ चैत । सन्धीखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धीखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए । उनका तीन छोरी रहेका छन् । हाल उनका पति रोजगारीका लागि भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width