सरकारले काेराेना भाइरस काेभिट १९ लाई लक्षित गरि लगाएको लकडाउन फितलो भएपछि यतिबेला कडा रूपमा प्रस्तुत भएको छ । बागलुङ जिल्लामा प्रहरी एक्सनमा उत्रिनुका साथै लकडाउन उलंघन गर्नेहरू धमाधम कार्वाहीमा पर्न थालेका छन् ।
सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्न थालेकाे भन्दै आइतबार देखि जिल्ला प्रहरी कार्यालय योजनाबद्द रूपमा अगाडि बढेपछि लकडाउन उलंघन गर्ने प्रहरीको कार्वाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्ट आफै लकडाउन उल्लघंन गरि घरबाट बाहिर निस्केका ब्यक्तिहरूलाइ पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेका छन् । प्रहरी लकडाउन उल्लघंन गर्ने एक दर्जन ब्यक्तिहरू लाई बिहान देखि पक्राउ गरि धाैलागिरि बहुमुखी क्याम्पसकाे प्रांगनमा सम्झाइ बुझाइ छाेडेकाे प्रहरीले जनाएको छ ।
आइसाेलेसनमा घर घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घर बाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले बताए । याे अभियान लकडाउन अबधिभर चल्ने भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालयले सरकारले घाेषणा गरेको लकडाउन अबधिभर घरमै सुरक्षित बस्न तरकारी लगायतका सामाग्री समेत खरिद गर्न ननिस्कन एक दिन पहिलै सुचना जारी गर्दासमेत वास्ता नगरे पछि प्रहरी कार्वाहीमा उत्रिएका हुन् । आज बागलुङ नगरपालिका वडा नम्बर १ र २ बाट पक्राउ परेका हुन् ।
बागलुङ सदरमुकाम लगाएको लकडाउन लाइ उलंघन गर्दै बालुङका मान्छेहरू सडकमा छरपस्ट माेटर साइकल स्कुटी र गाडी लिएर हिड्न थालेपछि यसको जनस्तरबाटै बिराेध भएको थियो ।काेराेना भाइरस काेभिट १९ बाट अहिलेसम्म बागलुङ जिल्लामा संक्रमित पुष्टि भइ अहिले धाैलागिरि अन्चल अस्पताल बागलुङको आइसाेलेसन वार्डमा बसेर उपचार गरिरहेका छन् ।
नेपालकाे ७७ जिल्ला मध्य बागलुङ लाई सरकारले काेराेनाकाे उच्च जाेखिम भएको जिल्लामा राखेपछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले गरेको कामलाई जिल्ला बासिले सकारात्मक रूपमा लिएका छन् ।
Related News
सम्बन्धित समाचार
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७