नोभेम्बरको २ देखि २१ तारिखसम्म भारतमा हुने यु–१७ महिला विश्वकप फुटबल स्थगित

एजेन्सी
चैत्र २३, २०७६
U 17 FIFA Women’s World Cup India 2020

कोरोना भाइरसको महामारीका कारण भारतमा आयोजना हुने फिफा यु–१७ महिला विश्वकप फुटबल स्थगित भएको छ ।

भारतीय फुटबल फेडेरेसनले एक विज्ञप्ति मार्फत नोभेम्बरमा तय भएको विश्वकप स्थगित गरिएको जनाएको हो । यही वर्षको नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने प्रतियोगिताको तालिका बनेको थियो ।

भारतको अहमेदबाद, गुवाहाटी, कोलकता, भुवनेश्वर र नाभी मुम्बईमा प्रतियोगिता हुने तय भएको थियो । फिफाले पहिलो पटक यु–१७ विश्वकप विभिन्न पाँच शहरमा आयोजना गर्न दिएको थियो ।

भारतमा कोरोना भाइरसका कारण हालसम्म ७९ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसबाट ३ हजार ६७८ जना संक्रमित भएका छन् । जबकी, त्यसअघिको ५२ दिनमा ४०३ संक्रमित हुँदा ७ जनाको मात्र ज्यान गएको थियो।

मार्चको ३० देखि अप्रिल ५ सम्म ७५ जनाले ज्यान गुमाइसकेका छन् । यो अवधिमा २ हजार ५३९ जना संक्रमित भएका छन् । शनिबार मात्रै महाराष्ट्र, मध्यप्रदेश, तमिलनाडु, गुजरात, राजस्थान र कर्नाटकमा १४ जनाको ज्यान गएको थियो ।
हालसम्म भारतको सबैभन्दा बढी महाराष्ट्रमा ३२ को ज्यान गइसकेको छ । तेलंगानामा १२ जनाको तथा मध्यप्रदेश र गुजरातमा ११/११ जनाको मृत्यु भएको छ । दिल्लीमा ७, पश्चिम बंगालमा ६ तथा राजस्थान, कर्नाटक र पंजाबमा ४/४ जनाले दम तोडेका छन् ।

तमिलनाडुमा ३ जनाले ज्यान गुमाउँदा हिमाञ्चल, जम्मू–कश्मीर, उत्तर प्रदेश र केरलामा २/२ को मृत्यु भएको छ। बिहार, हरियाणा, चन्डीगढ र आन्द्रप्रदेशमा १/१ ले ज्यान गुमाएका छन् । भारतमा मार्च ११ मा पहिलो संक्रमितको मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width