एनआईसी एशियाद्वारा राहत वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७६
NIC2

पोखरा । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि एनआईसी एसिया बैंकले राहत वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएपछि बैंकले सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको कावाश्वोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने १ सय ५० परिवारहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा रू. २ लाख ५० हजार रुपैयाँ बराबरको खााद्यान्न सहयोग गरिएको बैंकका प्रादेशिक प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए । बैंकले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

बैंकका गण्डकी प्रदेशस्थित उपप्रादेशिक कार्यालय प्रमुख अशोक पन्तले कावाश्वोती नगरपालिकी प्रमुख चन्द्रा पुनलाई ५० हजार रुपैयाँ बराबर तथा बैंकको गण्डकी प्रदेश कार्यालय प्रमुख दीपेन्द्र शर्माले पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई २ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

स्थानीय सरकारहरुसँगको सहकार्यमा वितरण गरिको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका परिवारलाई केही भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । गण्डकी प्रदेशका अन्य जिल्लामा समेत करिब ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री आगामी दिनमा वितरण गरिने शर्माले जानकारी दिए । बैंकले यसअघि काठमाडौं तथा प्रदेश १ मा ज्याला मजदुरी गर्नेहरुका लागि रू. पाँच÷पाँच लाख रुपैयाँ तथा सुदुरपश्चिम प्रदेशमा रू. ३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री समेत वितरण गरिसकेको छ ।

यस विपतको क्षणमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरु स्थापना गरी २४सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गरेको शर्माले बताए । ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा इ–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४ सय ६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width