भीरकोट, २३ चैत । आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष राज कुमार गुरुङ्गले खाद्यान्न सामाग्रीहरु नुन, दाल र चामल हस्तान्तरण गरिएको हो ।
भीरकोट नगरपालिका भित्र रहेका अति न्यूनवर्गीय परिवारहरुका लागि राहात स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको अध्यक्ष गुरुङ्गले बताए । दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजरगर्दै क्लबले नेपाल सरकारको निर्देशन अनुरुप नगरपालिकामा हस्तान्तरण गरेका हौँ । खाद्यान्न सामाग्री वितरण गर्ने क्लबको योजनामा साथ दिदै देश तथा विदेशमा रहनु हुनेले समेत आर्थिक सहयोग गरेको उनले उल्लेख गरे ।
उक्त सामाग्री ग्रहण गर्दै नगरप्रमुख छायाराम खनाल एवं प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले उक्त सामाग्री यथाशीघ्र सम्बन्धित परिवारलाइ वितरण गर्ने प्रतिबद्धता समेत जनाएका छन् । क्लबले प्रत्येक परिवारको लागि १० किलो चामल, १ किलो नुन र १ किलो दालगरी ५० परिवारका लागि खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ ।यसअघि क्लबले स्याङ्गजा जिल्ला कारागारमा २०० पिस मास्क वितरण एवं भीरकोट नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो ।
त्यस्तै कोरोना भाइरसको रोकथामका लागि भीरकोट नगरपालिका वार्ड न. ८ को टोलटोलमा पुगेर सेनिटाइजर, सावुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।कार्यक्रममा क्लबका उपाध्यक्ष बिश्वास कर्माचार्य, भीरकोट जेसिज् बर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, क्लबका सह(कोषाध्यक्ष सुजाता गुरुङ सहित नगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
सहमतिबाटै सरकारः प्रचण्ड
बुधबारदेखि टिकट काउण्टर बन्द
लेउवा संघ गण्डकीकै उत्कृष्ट
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७