वालिङ, २३ चैत । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड–१९ राहत कोषमा वालिङ उद्योग वाणिज्य संघले दुई लाख बढी आर्थिक सहयोग गरेको छ । वालिङ नगरपालिकाले राहत वितरण कार्यलाई आँफुखुशी वितरणमा रोक लगाउँदै एकद्वार प्रणालीबाट वितरण गर्ने कार्यलाई कार्यान्वयन गरेसँगै विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले नगरपालिकाको राहत कोषमा रकम जम्मा गरेका नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड–१९ राहत कोष’ मा आइतबार वालिङ उद्योग वाणिज्य संघले दुई लाख बाइस हजार २ सय २२ को चेक नगर प्रमुख खाँणलाई हस्तान्तरण गरेको हो । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको नगर प्रमुख खाँणले बताए ।
अहिलेको विषम परिस्थतिमा आउन सक्ने परिस्थितिसँग जुध्नका लागि संस्थामार्फत नगद सहयोग गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।“संस्थामार्फत नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेका छौं” संस्थाका अध्यक्ष पौडेलले भने, “आगामी दिनमा पनि नगरपालिकासँगै सहकार्य गर्दै अगाडि बढ्ने र आवश्यक परेको खण्डमा क्वारेन्टाईन तथा आईसोलेशन सेन्टर बनाउनका लागि सिटीहल उपलब्ध गराउने निर्णय गरेका छौं ।”
संकलन भएको र प्रदेशबाट आएको रकममा नगरपालिकाबाट पनि थप गरी राहत वितरण गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए ।नगरपालिकामार्फत राहत वितरण गर्नका लागि गण्डकी प्रदेश सरकारबाट दश लाख प्राप्त भएको अधिकृत सापकोटाले बताए । राहत संकलन कार्यलाई अझै केही दिन जारी राख्ने नगरपालिकाले जनाएको छ ।संघसंस्था तथा ब्यक्तिले आँफूखुशी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाएको छ ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७