कोरोना रोकथाम र नियन्त्रणमा काँग्रेस

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७६
macc 2

पोखरा । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सक्रिय बनेको छ । नेपाली काँग्रेस माछापुच्छ्रे  गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ । गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका काँग्रेस नेता खुशीमान गुरुङले बताए ।

स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा वडाका टोल/टोलमा ब्लिचिङका पाउडरको झोल छर्केका छौ, नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले भने, आफूपनि सुरक्षित बन्दै, त्यसक्षेत्रका नागरिकलाई सुरक्षित बनाउन सक्रिय छौ।कास्की काँग्रेसले पनि सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै पार्टीका सबै इकाइलाई संकट बेला सक्रिय बन्न आग्रह गरेको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads