मजदुरहरुले गरे राहत अस्विकार, संकटको बेला आफुसँग भएको खर्च गर्ने

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७६
Rainas-Home-1

राइनास लमजुङ । फाेटाेः हाइलाइट्स टुरिजम

लमजुङ । सरकारले लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत दिने घोषणा संगै देशभर अहिले राहत बितरण सुरु भएको छ ।  कोरोना भाईरस बाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे सरकारले देशभर लकडाउन घोषणा गरेको हो । वडा स्थरमा आपुर्ति समिति गठन गरि बितरण गर्न लागिएको राहत राईनासमा कार्यरत १० जना मजदुरले भने अस्विकार गरेका छन ।

हुनेखानेहरु समेत राहतको लाईनमा बसेर हात थापिरहेको दैनिक ज्यालादारी मजदुरहरुले भने राहत लिन अस्विकार गरेका हुन । उनिहरुले राहत भन्दा पनि आवश्यक ब्यबस्था मिलाएर खरिद गर्ने प्रबन्ध मिलाईदिन सरकारलाई आग्रह गरेका छन । मुलुक संकटमा परेको बेला आफुहरुले पनि योगदान गर्नुपर्ने भन्दै अहिले आफुहरुले मजदुरी बाट कमाएको रकम खर्च गर्ने उनिहरुको भनाई छ ।

राईनास नगरपालिका वडा नं १ मा रहेका एक खानेपानी आयोजनामा कार्यरत मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । रोल्पा, बागलुङ र पाल्पा घर भएका उनिहरुले अहिले आफुहरु आफ्नै खर्चले धान्न सक्ने अबस्थामा रहेकोले राहत लिन आबस्यक नभएको बताएपछि वडाले उनिहरुको लागि बितरण गर्न लागेको राहत फिर्ता हुने भएको हो । राईनास नगरपालिका वडा नं १ मा ४१ जना दैनिक ज्यालादारी मजदुरको नाम सार्बजनिक गरिएको थियो भने राईनास नगरपालिका भित्र १३३६ घरपरिबारले राहत पाउने भएका छन ।

यसअघि नगरपालिकाले गठन गरेको आपुर्ति समितिको सिफारीसका आधारमा प्रत्येक वडा बाट आएको सिफारीसलाई समावेश गरेर घरधुरी र्निधारण गरिएको छ । राईनासले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दश लाख र पालिकामा खर्च हुन नसकेका योजनाहरुको रकमान्तर हुने गरि १८ लाख बिनियोजन गरि राहत दिने र्निणय भएको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।

लकडाउनका कारण नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगि तथा अशत्तलाई एम्वुलेन्स सेवा पालिकाले नै ब्यबस्था मिलाउने र्निणय पनि भएको छ ।

राहतको लागि राईनास नगरपालिकाको वडा नं १ बाट ४१, वडा नं २ बाट १०८, वडा नं ३ वाट १६०, वडा नं ४ बाट १५०, वडा नं ५ बाट ८५, वडा नं ६ बाट ३५२, वडा नं ७ बाट १३८, वडा नं ८ बाट७१, वडा नं ९ बाट १०९ र वडा नं १० बाट ४९ घरधुरी सिफारीसमा परेका छन् । अन्यत्र बाट मजदुरीका लागि राईनासमा आएको मजदुरको संख्या १०३ रहेको छ । सबैलाई पालिकाले ३० किलो चामल,दाल ३ किलो, नुन २ प्याकेट,खानेतेल २ लिटर र चिनी २ किलो बितरण गर्ने जनाइएको छ ।

पालिकाले चैत्र २२ गते बाट नै वडाहरुमा बितरणको ब्यबस्था मिलाएको मेयर सिंह बहादुर थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width