लकडाउन झनै कडा गर्ने सरकारको निर्णय

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६
cabinet

काठमाडौं । मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले जारी लकडाउनलाई झनै कडाइ गर्ने निर्णय गरेको छ ।

सरकारले एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे ।

लकडाउन थप्ने या नथप्ने केही निर्णय अर्को मन्त्रीपरिषद बैठकले गर्ने उहाँले बताउनुभयाे । त्यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोसिस टेष्ट गरिने पनि बैठकले निर्णय गरेकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width