स्वास्थ्यका कर्मचारीले राजीनामा दिन नपाउने, सुत्केरी र किरिया बाहेकका बिदा नमिल्ने

प्रकाश ढकाल
चैत्र २२, २०७६
gandaki-pradesh

पोखरा । स्वास्थ्यका कर्मचारीलाई सुत्केरी र किरिया बाहेक अरु विदा नदिईने भएको छ । उनीहरुले राजीनामा पनि दिन नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको शनिबार बसेको मन्त्रीपरिषद् बैठकले सुत्केरी र किरिया बाहेकका अन्य विदा लिएका भएपनि ति विदाहरु रद्द गर्न र स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीको राजीनामा पनि स्विकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । १२ बुँदे निर्णय गर्दै सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि तयार रहन मातहतका कार्यालय र कर्मचारीलाई निर्देशन गरेको हो ।

यस्तै, विदेशबाट आएका ब्यक्तिहरुको अनिवार्य स्वाब परीक्षण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन पठाएको छ । कोरोनाको उपचार र रोकथामका लागि आवश्यक सामग्र्रीयको ब्यवस्था गर्न सबै अधिकार सामाजिक विकास मन्त्रालयलाई दिईएको छ भने सामान आपुर्ति हुन नसके संघ सरकारसँग माग गर्ने निर्णय छ । निजी, सामुदायिक र शैक्षिक क्षेत्र अन्तर्गत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई कोरोना रोगको उपचारका लागि तयार राख्न निर्देशन दिएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटाईएका सरकारी सकारी, निजी वा शैक्षिक क्षेत्रका कर्मचारीले आफ्नो जिम्मेवारी अनिवार्य रुपमा लिनुपर्ने र प्रदेश सरकार मातहतका कार्यालय प्रमुखलाई अनिवार्य रुपमा दैनिक हाजिर हुन र अन्य कर्मचारीलाई आवश्यक परेको बेला कार्यालयमा हाजिर हुने वातावण मिलाउन निर्देशन दिईएको छ ।

कोरोना रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, वाधा पु¥याउने ब्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । चालक सहितको एम्वुलेन्सहरु प्रयोग गर्न सकिने अवस्थामा राख्न, आशंकित ब्यक्तिको निगरानी र स्वास्थ्य परिक्षण, क्वारेन्टाइन, आइशोलेशन तथा डेडिकेटेड अस्पतालको व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देश गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width