Worldlink ads

नवलपरासीमा घरको छतबाट खसेर एक बालकको मृत्यु

रामकुमार श्रेष्ठ
चैत्र २२, २०७६
1585887802child-death1

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा घरको छतबाट खसेर एक जना बालकको मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिकको वडा नं २ पिपरहवा टोल बस्ने वर्ष १४ का परमेश्वर हरिजनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो।

नवनिर्मित घरको छतमा पानी हालिरहेको वेला उनी एक्कासी छतबाट खसेको गाउँपालिका अध्यक्ष वैजुनाथ गुप्ताले बताए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवल लगिए पनि उपचार कै क्रममा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता दिपकले जानकारी दिए।

अध्यक्ष गुप्ता आफैले गम्भीर घाइते भएका हरिजनलाई उपचारका लागि आफै वुटवल लगेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads