अन्नपूर्ण ५ मा राहात समिति

Avatar श्रीभद्र पौडेल
चैत्र २२, २०७६
anna

अन्नपूर्ण गाउँपालिका ५ मा शुक्रवार बसेको सरोकारवालाको बैठकले वडा स्तरीय राहात संकलन, व्यवस्थापन तथा वितरण समिति गठन गरेको छ । वडाध्यक्ष जीवनाथ पौडेलको संयोजकत्वमा १७ सदस्यिय समिति गठन गरिएको हो।जसका सदस्यहरुमाः वडा सदस्य ४, समाजसेवी ५ जना तथा बाँकी विद्यालयका प्रधानाध्यापक छन्।

त्यस्तै शुक्रवारै वडा स्थित नयाँपुल बजार क्षेत्र पनि अनुगमन गरिएको हो।जसमा जनप्रतिनिधी ,टोल विकास संस्थाका पदाधिकारी, नयाँपुल प्रहरी चौकी इन्चार्ज लगायतको सहभागिता थियो।

कोरोना भाइरसका कारण लकडाउनको समयमा हुन सक्ने कालोबजारीलाई मध्येनजर गर्दै दोस्रो पटक बजार अनुगमन गरिएको वडाध्यक्ष पौडेलले बताए । नुगमनका क्रममा खाध्यान्न, तरकारी तथा ग्यासको दरभाउ तथा स्टक बारे बुझिएको छ।

त्यस्तै ३ मेडिकल हलमा औषधीको प्रर्याप्तताबारे पनि जानकारी लिइएको छ। क्रेता तथा बिक्रेतालाई सामाग्री किनबेच गर्दा पैसा सिधै हातबाट कारोवार नगरी टेबुलमा राखेर गर्न पनि सुझाव दिइएको छ।

कास्कीको पश्चिम उत्तर क्षेत्रको मुख्य बजारक्षेत्र रहेको नयाँपुलमा अत्यावश्यक सामग्री ढुवानीको नाममा साविक कास्कीका घान्द्रक र दाङसिङ तथा पर्वतको भुकताङले क्षेत्रबाट जीपमा मानिसहरुको अनावश्यक आवातजवात भएको पाइएको पनि वडाले जनाइएको छ ।यस्ताे अवस्थालाइ मध्येनजर गर्दै शुक्रवारबाटै जीपबाट सामाग्री ओसारपोसार गर्न पूर्ण रोक लगाउँदै ट्याक्टर तथा डेलीभरी भ्यानबाट मात्रै  ओसारपोसार गर्ने वडाले निर्देशन पनि दिएको छ।

Related News

सम्बन्धित समाचार

    • पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

      rss रासस चैत्र ३१, २०७७
      गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • ५ सञ्चारकर्मीलाई जनमत सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी,…
    • आगलागी पीडितलाई मन्त्रीको राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । पर्वतको पैयुँ गाउँपालिका–६ सरौंखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा…
    • गण्डकी सरकार :  ढलाउन भन्दा बनाउन सकस

      prakash dhakal प्रकाश ढकाल चैत्र २९, २०७७
      पोखरा । गण्डकीमा सरकार ढाल्न र नयाँ सरकार गठनका लागि प्रतिपक्षी दल निरन्तर छलफलमा छन् । माओवादी र जनमोर्चाको समेत…

    hero news full width

    sanil ads

    wordlink ads