नबिन भट्टराईको “जाउ तिमी” म्युजिक भिडियो सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
FB_IMG_1585924300717 (1)

चर्चित गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक भट्टराईको १६ औ सङ्ग्रहको एल्बम “३७” को पहिलो गीत “जाऊ तिमी… (आज) बिहीबार युट्युबमा सार्वजनिक भएको हो । २००३ सालदेखि सुरु भएको  न्यु एज म्युजिकले यस अघि पनि चर्चित गायक गायिकाहरूको  थुप्रै सङ्ग्रह बजारमा निकाली सकेको छ।

नवीन के भट्टराईको स्वर र संगीत रहेको उक्त गितमा सुयश भट्टराईको शब्द रहेकोे छ । अमेरिकामा छायांकन गरिएको गितलाई बिशाल पौडेलले एरेन्ज गरेका हुन ।

केलि प्रोड्क्सन नुप गिरिले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई फुर्सद टिभी नेपाल नामक नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक नबिन के भट्टराईको हालसम्म सार्वजनिक भएका  सबै गितहरु दर्शले खुब रुचाएका छ्न ।

Related News

सम्बन्धित समाचार

hero news full width