‘तिम्रो अभाव’ सार्वजनिक

श्रीभद्र पौडेल
चैत्र २१, २०७६
sunil gyake hemja

सुपु म्युजिक क्रियशन पोखराको प्रस्तुति आधुनिक गीत ‘तिम्रो अभाव’ हालै सार्वजनिक भएको छ।

पाेखरा, हेमजा निवासी सुनिल गायकको शब्द, संगीत र स्वर रहेको उक्त गीत युटुव मार्फत सार्वजनिक गरिएको हो । जसमा संगीत संयोजन फनिन्द्र राई तथा सम्पादन सविन गायकले गरेका छन्।

कोरोना भाइसर कोभिड १९ को सक्रमणका कारण आफ्नै युटुव च्यानल मार्फत गीत सार्वजनिक गर्नुपरेको गायकले बताए  कुल ५ मिनेट ३४ सेकेन्डको उक्त गीत निर्माण गर्न करिव रु १ लाख खर्च लागेको छ।

औपचारिक, अनौपचारिक विभिन्न कार्यक्रममा गीत गाउँदै आएका भएपनि गायकको यो पहिलो प्रस्तुति हो गीतमा माया, समयको महत्व, विछोड तथा विश्वासको कुरा उल्लेख छ।

आजकल स्टेज तताउने गीतहरु मात्रै बजारमा आइरहेको अवस्थामा आफूले सुन्नैपर्ने गीत बाहिर ल्याएको गायकको दावी छ  उनले तवलावादक भुवन गन्दर्व र संगीत संयोजन गर्ने साहिल गायकले गीत निर्माणमा ठुलो सहयोग गरेको स्मरण पनि गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width