अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
Dhaulagiri_Hospital

बागलुङ, २१ चैत । विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ बाट सुरक्षित रूपमा स्वास्थ्य सेवा दिन सहज बनाउने उद्देश्यले लायन्स डिष्ट्रीक ३२५ बि १ नेपालद्वारा धौलागिरि अन्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

धौलागिरि अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरेल र अस्पताल व्यबस्थापन समितिका अध्यक्ष केबी रानामगरलाई एक कार्यक्रम बिच लायन्स क्लबका सिनियर एडभाइजर काजिमान गुरूङले मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । लायन्स क्लबले सहयोग गरेको स्वास्थ्य सामग्री अस्पतालमा आउने कोरोनाको बिरामीको उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले बताए ।लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक ३२५ बी १ नेपालका गभर्नर लायन इन्दु लम्सालले कोरोनाको बिपत्ति परेको बेला अस्पतालमा काम गर्ने स्वास्थ्य कर्मीलाई सुरक्षित रूपमा सेवा दिन सहज होस भनेर स्वस्थ्य सामग्री पठाएको लायन्स क्लबका चिफ एड्भाइजर लायन चन्द्र कुमार केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width