Worldlink ads

पर्यटक जहाँ छन् त्यहीँ बस्नु पर्ने, उद्दार कार्य बन्द गरिने

एजेन्सी
चैत्र २१, २०७६
001

काठमाडौं, २१ चैत । हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम शुक्रवार राति १२ बजेदेखि बन्द हुने भएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबारसमेत देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन् । तर, राति १२ बजेपछि जुन पर्यटक जहाँ छन् लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने भएको छ । उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन् ।

यसबीचमा धेरैजसो मुलुकले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी स्वदेश फर्काइसकेका छन् । बोर्डका सीइओ डा. धनन्जय रेग्मीका अनुसार शुक्रबार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको छ ।शुक्रबार नै पोखराबाट दुईवटा बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन् । ‘आज पर्यटकको उद्धार गर्ने समय तोकिएको अन्तिम दिन हो,’ रेग्मीले भने, ‘हामीले नेपालस्थित दूतावासबाट अनुरोध भई आएका र ईच्छुक सबै पर्यटकलाई आज काठमाडौं ल्याइसक्छौं ।’

यसअघि पर्यटन मन्त्रालयले २१ चैत राति १२ बजेसम्म नेपालभर रहेका पर्यटकलाई आ–आफनो मुलुक फर्काउन समय तोक्ने निर्णय गरेको थियो । सोहीअनुसार बोर्ड र मन्त्रालयले स्थानीय प्रशासनसँग पर्यटकलाई स्थलमार्गबाट समेत काठमाडौं आउने वातावरण बनाउन आग्रह गरिएको थियो ।आजदेखि काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकहरुले फिर्ता लैजाने काम भने जारी रहने सरकारी अधिकारी बताउँछन् ।पूर्वको ताप्लेजुङदेखि पश्चिममा धनगढीसम्मबाट पर्यटकहरु काठमाडौं ल्याइएको छ ।
१७०८ पर्यटकको उद्धार
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १७०८ जना पर्यटकको उद्दार भएको छ ।यो शुक्रबार काठमाडौं आउँदै गरेका पर्यटकको समेत संख्या जोड्दा पुग्ने संख्या हो ।
पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान
नेपालमा रहेका पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान भइरहेका छन् । यसबीचमा यूरोपियन यूनियन मातहतका मुलुकका पर्यटक लैजान कतार एयरवेजका तीनवटा जहाज चार्टर्ड भइसकेको छ ।

यसबीचमा अमेरिकन दूतावासले समेत कतार एयरवेजबाटै पर्यटक फिर्ता लगेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटक फिर्ता लगेका छन् । नेदरल्याण्ड्सले मलेसिया एयरको जहाजबाट यात्रु फिर्ता लग्यो । अष्ट्रिया र चेक रिपब्लिकले समेत मलेसियन एयरबाटै यात्रु फिर्ता लैजाने तयारी गरिहकेको बोर्डको भनाइ छ । जर्मनीले समेत एउटा चार्टर्ड जहाज नेपाल पठाउने तयारी गरेको छ ।

कोरिया र बेलायतले पनि आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरिरहेका छन् ।‘यसबीचमा पर्यटकहरु फिर्ता लैजान अन्तराष्ट्रिय उडान हुनेछन्, सीइओ रेग्मीले भने, ‘तर, अब काठमाडौं बाहिरबाट भने पर्यटक ल्याउँदैनौं ।’

‘जहाँ छन् त्यही बस्छन्’विभिन्न जिल्लामा रहेका पर्यटकहरु शनिबारदेखि काठमाडौं आउन पाउने छैनन् ।यसबीचमा कतिपय पर्यटक स्वदेश फर्कन चाहेका छन् भने कतिपय आफ्नो देशमा कोरोनाको संक्रमण बढी भएको र नेपालमै सुरक्षित भइने ठानेर भिसा अवधि नसकिउन्जेल यतै बस्ने निर्णयमा पुगेका छन् ।

कतिपय पर्यटकको भने आफ्नो मुलुकले चार्टर्ड उडानको व्यवस्था नगर्दा नेपालमै बस्नुपर्ने बाध्यता आएको हो । सीइओ रेग्मीका अनुसार पोखरामा करीब १ सय जना विदेशी पर्यटक अझै बाँकी छन् । केही पर्यटक लुक्लामा समेत बसेका छन् । उनीहरु भने अब लकडाउन खुलेपछि मात्र बाहिर निस्कन पाउने भएका छन् ।

Related News

सम्बन्धित समाचार

    • आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

      रासस असाेज ११, २०७८
      काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९…
    • पोखराको पर्यटनमा ग्रीन सिग्नल !

      प्रकाश ढकाल असाेज ११, २०७८
      पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र…
    • १० देशका राजदूत एकै पटक पोखरामा

      विजय नेपाल असाेज १०, २०७८
      पोखरा, १० असाेज । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन्…
    • गण्डकी सरकारकाे निम्ताेमा १२ देशका राजदूत आज पाेखरा आउँदै

      आदर्श समाज सम्वाददाता असाेज १०, २०७८
      पोखरा । कोरोनाका कारण लामो समय थलिएको पोखराको पर्यटन क्षेत्र कसरी पहिलेकै अवस्थामा फर्काउनेबारे पर्यटन व्यवसायी चिन्तित छन् । कोरोना…
    • पर्यटन मजदुरलाई रोजगार

      आदर्श समाज सम्वाददाता असाेज ९, २०७८
      पोखरा । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वयमा मजदुरलाई रोजगार कार्यक्रम सुरु गरिएको छ ।…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads