पोखरा, २१ चैत । नेपाल तरुण दल कास्कीले लक डाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई पालना गर्न सबैसँग आग्रह गरेको छ । दलका तर्फबाट विज्ञप्ति जारीगर्दै दलका जिल्ला अध्यक्ष मनोज गुरुङले विश्वव्यापी बढीरहेको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको निर्देशनको पूर्ण पालना गर्न सबैमा आग्रह गरेका छन् ।
महासङ्कटको यस घडीमा दलका सम्पूर्ण कमिटिमा आवद्ध पदाधिकारीलाई नियम कानूनको पालना गर्दै जिल्लावासीको दैनिकी सहज बनाउनमा सक्रिय भूमिका खेल्न पनि उनले आग्रह गरेका छन् । चार सूत्रीय ध्यानाकर्षणमा सरकारले स्वास्थ्यकर्मी, अस्पतालकर्मी एवम् एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउनुपर्ने भन्दै दलले कोरोना सङ्क्रमणको परीक्षण कार्यलाई सहज र छिटो बनाउनुपर्ने तथा सामान्य उपचारका विरामीका लागि छुट्टै अस्पताल तोकिनुपर्ने माग गरेको छ ।
यसैगरी लक डाउनका कारण विभिन्न भागमा अलपत्र परेका प्रदेशवासीको उचित व्यवस्थापनका साथै अति विपन्न, ज्यालादारी मजदूरलाई राहत सामग्रीको वितरण एवम् पहुँचलाई सुनिश्चित गर्न दलले माग गरेको छ । खाद्यान्नको सहज उपलब्धताका साथै खरिद गरिएका सामग्रीको विश्वसनीयता, गुणस्तर र खरिद अपारदर्शिताबारे दलको ध्यानाकर्षण भएको भन्दै यसको सत्यतथ्य छानबिन र दोषी उपर कारवाहीको माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
प्रदेश सरकार उलटपुलट
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१