पोखरा–१५ का मजदुरलाई खाद्यान्न वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
unnamed

पोखरा, २१ चैत । पोखरा–१५ का ज्याला मजदुर, मजदुर, दैनिक खर्च धान्न कठिन रहेका परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसको प्रकोपका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण दैनिक मजदुरीगरी खाने १हजार १४ परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको हो ।

पोखरा महानगरपालिका –१५ ती परिवारलाई टोल मार्फत खाद्यान्न वितरण गरिएको हो । यद्यपि कसैलाई खाना नै छैन,भोकै हुने अवस्था आएमा वडा कार्यालयमा सम्पर्क गर्नु हुन, पनि अनुरोध गरिएको छ । खाद्यान्न सहयोग गर्ने केही दाता समेत १५ नम्मर वडामा निस्केका छन् “वडा कार्यालय १५ को यो सामाजिक अभियानको लागि सहयोग गरी पोखरा १५ मा रहेका दैनिक ज्यालादारीमा आश्रित परिवारलाई सहयोग गर्न वडाध्यक्ष प्रकाश पौडेलले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width