पोखराका ४ अस्पतालले ज्वरो नापेर कोरोना जाँचको सिफारिस गर्न सक्ने

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
update

पोखरा, चैत २०: कोरोना संक्रमित सम्भावित बिरामी पत्ता लगाउन पोखराका ४ अस्पतालहरुमा  फिभर क्लिनिक संचालन गरिने भएको छ ।

सोही  फिभर (ज्वरो) जाँचको आधारमा चिकित्सकले कोरोना जाँचको लागि सिफारिस गर्न सक्ने छन् ।

पोखराको सबैभन्दा ठूलो अस्पताल मणिपाल सहित चरक मेमोरियल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोकिएको समयमा चिकित्सकले फिभर क्लिनिक मार्फत ज्वरो नाप्ने छन् ।

समय तालिका अनुसार फूलबारी स्थित मणिपाल मेडिकल कलेजमा विहान ७ देखि साँझ ७, पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजमा विहान ९ देखि दिउँसो ४, नागढुंगा स्थित चरक मेमोरियलमा विहान ९ देखि साँझ ५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहान ९ देखि दिउँसो ३ बजेसम्म फिभर क्लिनिक संचालन हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width