कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

उपचार कोषमा इन्सेकको सहयोग

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सो रकम प्रदान गर्ने निर्णय इन्सेकले गरेको हो ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलबवापतको रकम उक्त कोषमा जम्मा गरिएको हो ।

एक प्रेस रिलिज मार्फत कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा इन्सेकको सानो सहयोगले केही सघाउ पुग्ने अपेक्षा गरिएकाे छ ।