कोरोना संक्रमित जाहाजमा आएका ६ मध्ये दुई जनाको मात्र स्वाब परीक्षण

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६

नवलपरासी, २० चैत्र ।कोरोना संक्रमित यात्रु आएको भनेर पहिचान भएका दुई वटा जाहाजमा आएका नवलपुरका ६ जना यात्रु मध्ये दुई जनाको मात्र स्वाव परीक्षण भएको छ । उनीहरु दुवैको परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

चापागाईका अनुसार नवलपुरमा अहिलेसम्म ९ जनाको स्वाव परीक्षण गरिएकोमा ९ जनाको नै नेभेटिभ भएको छ । विमानमा आएका यात्रु मध्ये २ जना, ति दुई जनाको आफन्त तथा घर परिवार ४ जना, लामोसमयदेखि विरामी परेका एक जना र भारतबाट आएका दुई जना गरी ९ जनाको अहिले सम्म स्वाव परीक्षण गरिएको र उनीहरु सबैमा कोरोनाको लक्षण नदेखिएको उनले बताए ।

नवलपुरमा अहिलेसम्म भारत लगायतका विभिन्न देशबाट आएका ७ सय ५५ जनको पहिचान भएको भए पनि ६५ जना मात्र क्वारेन्टाइन होममा रहेका छन् । स्वास्थ्य प्रमुख चापागाईले संक्रमित आएको भेटिएको विमानमा आएका ६ जना मध्ये बाँकी ४ जना पनि निगरानीमा रहेको र उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width