नवलपुरमा विदेशबाट ७ सय ५५ जना आए क्वारेन्टाइनमा जम्मा ६५ जना मात्र

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
BBB_Doti-kwarentai1

नवलपरासी, २० चैत्र । ८ वटा स्थानीय तह रहेको पूर्वी नवलपरासीमा स्थानीय तहको तथ्यांक अनुसार अहिले सम्म विदेशबाट आएका ७ सय ५५ जना नेपाली भेटिएका छन् तर, ६६ जना मात्र क्वारेन्टाइनमा बसेको छन् ।

नवलपुरको क्वारेनटाइन होममा बेड संख्याम ७ सय ४९ वटा छ तथापि विदेशबाट आएका अधिकांश गाउँघरमै डुलिरहेका भेटिन्छन् । ७ सय ५५ जना मध्य कतिपय विदेशबाट आएको १४ दिन कति सकेकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्न नपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् तर कोरोनाको त्रास बढेसँगै विदेशबाट आएकाहरु होम क्वारेन्टाइनमा बसेको भने पनि साँझ विहान गाउँमा डुल्ने गर्दा गाउँ गाउँमा त्रास बढेको छ ।

नवलपुरमा अहिलेसम्म ६६ जना क्वारेन्टाइनमा बसेको मध्ये १ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय नवलपुरको सूचना अधिकारी आनन्द भुसालले बताए ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले नवलपुरमा विदेशबाट आएका मध्ये अधिकांश होम क्वारेन्टाइनमा रहेको र ६५ जना अहिले पनि क्वारेन्टाइनमा रहेको बताए ।उनले अहिले अधिकांश क्वारेन्टाइन खाली रहेकोले विदेशबाट आएकाहरु सबैलाई क्वारेन्टाइनमा ल्याएर राख्नु आवश्यक रहेको र त्यसको लागि पहल भईरहेको बताए ।

नवलपुरमा सबैभन्दा बढी देवचुली नगरपालिकामा ४ सय बेडको क्वारेन्टाइन होम तयार भएको छ । त्यसैगरी कावासोतीमा एक सय बेड, गैडाकोटमा ३६, मध्यविन्दु नगरपालिकामा १ सय २६ बेडको क्वारेन्टाइन होम बनेको छ ।त्यसैगरी बौदीकाली गाउँपालिकामा ६२, हुप्सेकोटमा १३ र विनयी त्रिवेणी गाउँपालिकामा १२ बेडको क्वारेन्टाइन होम बनेको छ ।सरकारले लकडाउन घोषणा गरेपनि नवलपुरका कतिपय स्थानमा स्थानीयले बाटो समेत अवरुद्ध गरेर लकडाउन सफल पार्न प्रयास गरेपनि बाटो बन्द गर्नेहरु नै गाउँमा लकडाउनका नियम पालना नगरेर गाउँमा डुलिरहेको देखिन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width