गरिमाको पाँच लाख सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
91677105_538392673480357_1055445276203941888_n

पोखरा, २० चैत । गरिमा विकास बैंकले गण्डकी प्रदेश सरकारद्वारा संचालन गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तर दाहित्व अन्तरगत उक्त रक हस्तान्तरण गरेको जानकारी कार्यकारी अधिकृत ढकालले बताए । रोकथाम र उपचारमा केही मात्रामा सहयोग पुगोस भनेर नै उक्त रकम हस्तान्तरण गरेका हौ, ढकालले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width