धर्मस्थली सहकारीद्वारा उपचार कोषलाई ४० हजार रुपैयाँ प्रदान

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६

पोखरा, २० चैत । पोखरा–५ पस्र्याङ स्थित धर्मस्थली सहकारीले सरकारले स्थापना गरेको कोरोना रोगथाम तथा उपचार कोषमा ४० हजार दश रुपैयाँ जम्मा गरेको छ ।

सहकारीले ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विहीवार उक्त रकम कोषमा जम्मा गरेको हो । ४० हजार रुपैयाँ मध्य २५ हजार ५ रुपैयाँ गण्डकी प्रदेश सरकारको उपचार कोषमा र १५ हजार ५ रुपैयाँ पोखरा महानगरपालिकाको उपचार कोषमा जम्मा गरिएको सहकारीका सूचना अधिकारी कृष्णप्रसाद पराजुलीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width