कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

पत्रकारलाई आधारभूत स्वास्थ्य सामाग्री

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६

पोखरा, २० चैत । नेपाल पत्रकार महासंघ कास्कीले बिहीबार पोखराका क्रियाशील पत्रकारलाई समाचार संकलन गर्ने क्रममा सुरक्षित बनून् भनेर आधारभूत स्वास्थ्य सामाग्री सेनिटाइजर, मास्क र ग्लोभ प्रदान गरेको छ ।

उक्त वितरण कार्यक्रममा वोल्दै संचाकर्मी केही हदसम्म भएपनि सुरक्षित रुपमा पत्रकारिता गर्न सकुन भनेर यस्ता सामग्री प्रदान गरिएको जानकारी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदविन्दु शर्माले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी गण्डकी प्रदेशमा ५४ वटा नमूना परक्षिण गरिएकोमा ३८ वटाको रिपोर्ट आएको छ । ती मध्य ३७ वटाको नेगेटिभ र वाग्लुङ्की एक १९ वर्षीया किशोरिको पोजेटिभ देखिएको बताए । कोरोना सम्वन्धी पोखराका ४ वटा अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी शर्माले दिए ।

हाम्रो सुझाव