गण्डकी विकास बैंकद्वारा राहतकोषमा ३० लाख

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
ChequeHandover

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा सरकारले स्थापना गरेको राहतकोषमा गण्डकी विकास बैंकले रु. ३० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।

बैंकका अध्यक्ष सुशिल गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले विहीवार गण्डकी प्रदेशका मूख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै पुगी संकटको यस घडिमा बैंकले गर्नसक्ने सहयोग सम्बन्धमा छलफल गर्नुभएको थियो ।

उक्त अवसरमा गण्डकी विकास बैंकको तर्फवाट गण्डकी प्रदेशले स्थापना गरेको राहतकोषका लागि बैंकका अध्यक्ष सुशिल गौचनवाट गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङलाई रु. ६ लाखको चेक हस्तान्त्रण गर्नुभयो । गण्डकी प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशलाई प्रति प्रदेश रु. ४ लाखको दरले रु. २४ लाख छिट्टै हस्तान्त्रण गरिने जनाइएको छ ।

सन् २०१९ को डिसेम्बरमा चिनमा देखिएको कोरोना भाइरस (काेभिड १९) अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ र फैलिने क्रम जारी छ । छिमेकी देशहरुमा फैलिसकेको यो रोग नेपालमा समेत देखा परिसकेको छ ।यसको विस्तारलाई रोक्न नेपाल सरकारले चैत्र ११ गते देखि २ हप्ताको लागि लकडाउन गरेको छ । जसवाट सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प हुन गएका छन । यस महामारीको सामनाका लागि हरेक उद्यमी, व्यवसायी, पेशाकर्मी, संघसंस्था तथा सम्पूर्ण नागरिकको सहकार्य आवश्यक भएकोले बैंकको तर्फवाट हुनसक्ने सहयोगका लागि बैंकले निरन्तर भूमिका खेल्ने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width