कोरोना संक्रमणबाट एकै दिन ४ हजार ८ सय ८३ को मृत्यु

एजेन्सी
चैत्र २०, २०७६
ba2e0331910485c21e96263aa980040b_w1000_h500_cp

काठमाण्डौं, २० चैत । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बुधबार ४ हजार ८ सय ८३ जनाले ज्यान गुमाउनु परेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा सबैभन्दा वढी अमेरिकामा १ हजार ४९ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण बुधबार एकै दिन ज्यान गुमाएउनेको संख्या अहिलेसम्मकै धेरै हो । बुधवार एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या ९ लाख ३९ हजार ४ सय ३१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट ५१ सय २ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा बुधबार मात्रै २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार स्पेनमा ९ सय २३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ। इटालीमा बुधबार ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्मेनमा अहिलेसम्म १३ हजार १५५ जनाको ज्यान गुमाइसकेका छन् । बुधबार युकेमा यसको संक्रमणबाट ५ सय ६३ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म २ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या २९ हजार नाघेको छ।

बुधबार फ्रान्समा यसको संक्रमणबाट ५ सय ९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ। जर्मनीमा बुधवार १ सय ५६ को मृत्यु भएको छ । इरानमा १३८, बेल्जियममा १३४, नेदरल्यान्डमा१२३, टर्कीमा ६३ स्वीडेनमा ५९, स्वीटजरल्यान्डमा ५५, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width