काठमाडौँ, १९ चैत । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबिसिआई)संँगको सम्झौता रद्द गरिएको जानकारी दिए ।
“हामीलाई उक्त कम्पनीले भनेको समयमा औषधिजन्य सामग्री ल्याउन नसक्ने जनाएको छ”, उनले भने “त्यसैले उक्त कम्पनीसंँग औषधि ल्याउने सहमति रद्द गरिएको हो ।” उनले सम्झौतानुसार उक्त कम्पनीले १८ प्रतिशत रकम खर्च गरेर १० प्रतिशत मात्र औषधि ल्याएको जानकारी दिए । उनले सहमतिअनुसार औषधि नल्याएको हुनाले उक्त कम्पनीको धरौटी जफत गर्नाका साथै कालोसूचीमा राख्नका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरिने जानकारी दिए । महानिर्देशक श्रेष्ठले अहिले संकटका बेला उक्त कम्पनीमार्फत ल्याइएको सामग्रीमा २० प्रतिशतभन्दा बढी मूल्य परेकोसमेत स्वीकार गरे ।
उक्त कम्पनीसँंग केही दिनअघि मात्र द्रुतगतिमा औषधि ल्याइने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत आइतबार कम्पनीले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि औषधिजन्य सामग्री ल्याएको थियो । उनले उक्त कम्पनीसँंगको सम्झौता रद्द गरेर पुनः बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने जानकारी दिए । उनका अनुसार तीन दिनको बोलपत्र आह्वान निकालेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने मन्त्रालयको तयारी छ । “अहिलेलाई हामीसंँग पर्याप्त मात्रामा पुग्ने औषधि रहेको छ”, उनले भने “बिरामीको स्वास्थ्यको उपचार गर्न संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई हामी प्रशस्त औषधिजन्य उपकरण दिन सक्छौँ ।”
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७