असिनापानीले तरकारी र फलफूलमा क्षति

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६

तस्वीर– परमेश्वर बराल

पोखरा, १९ चैत । पोखरा र आसपास क्षेत्रमा बुधबार दिउसो परेको असिनापानीले अन्न तथा तरकारी वाली र फलफूलमा क्षति पुर्याएको छ ।

अन्नवाली गहुँ, तोरीलाई असिनाले क्षति पुर्याएको छ भने तरकारी वाली साग, काउली, वन्दा, करेला, गोलभोंडा, गिरौला काक्रो लगायतको तरकारीवालीको क्षति पु¥याएको छ । त्यस्तै असिना पानीले सुन्तला, आप, आरु लगायतका फलफूलको फूल झार्नुको साथै केराको बोटमा समेत क्षति पुर्याएको पोखरा–१३ का किसान रामजी सिग्देलले बताए । कति क्षति भएको भन्ने तथ्याङक भने प्राप्त भईसकेको छैन।