जनकपुरधाम, १९ चैत । प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायिक धर्म, काम, कर्तव्य र दायित्व निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ होमलाई तत्काल अनुसन्धान र कारवाहीको दायरामा ल्याउन प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ ।
सो मन्त्रालयका सचिव कृष्णहरि, पुष्करद्वारा प्रदेशअन्तर्गतका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मङ्गलवार पत्राचार गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएको हो । केही स्वास्थ्य संस्थाले बिरामीलाई आधारभूत सेवा नदिएको, मानबोचित व्यवहार नगरेको, सामान्य जाँच नगरी फर्काउने गरेको जस्ता गुनासाहरु आइरहेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सो पत्रमा उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारीले आक्रान्त बनाएको यो विषम परिस्थितिमा यस्ता अमानवीय घटना भइरहँदा राज्य मुकदर्शक भएर नबस्ने उल्लेख गरिएको छ । सो पत्रमार्फत त्यस्ता संस्थाको दर्ता खारेजीदेखि लिएर यस महामारी र लकडाउनको अवधिभर अर्को व्यवस्था नहुञ्जेलसम्म नियन्त्रणमा लिई त्यस्ता अस्पताल र नर्सिङ होममा स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न, गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको हो । यसका साथै त्यस्ता अस्पताल र होममाथि जिल्लास्तरबाट कारवाहीको प्रक्रिया अगाडि बढाइ माथिल्लो निकायमा कारवाहीका लागि सिफारिस गर्नसमेत निर्देशन दिएको छ ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१