पोखरा, १९ चैत । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन कोषमा विभिन्न सङ्संस्थाले हालसम्म करीब रु ६३ लाख जम्मा गरेका छन् ।
वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु ६२ लाख ५६ हजार ७ सय ५२ कोषमा जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु १५ करोडको कोष स्थापना गर्ने र त्यसमा प्रदेश मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय भई कोषका लागि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायीलगायतलाई आग्रह गरिएको थियो । प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल गरेका छन् । कोषबाट कोरोना नियन्त्रणका लागि खर्च गर्ने काम पनि भइरहेको थाहा भएको छ ।
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८