फाइल फोटो
पोखरा, १९ चैत । लकडाउनका कारण प्रभावित गरीब तथा विपन्न वर्गलाई राहत दिन पोखरा महानगरपालिकाले तोकेको मापदण्डलाई सहज बनाइएको छ । राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्य कुनै एउटा भए हुने पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए।
‘पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको कुरा राखे, छलफलपछि नागरिकता बाहेकका अन्य सबै मापदण्ड हटाउने निर्णय भएको छ,’ पोखरा महानगरपालिका विपक्षी दलका नेता समेत रहेका वडाध्यक्ष लामिछाने भने । यस्तो व्यवस्थाले गरीब तथा विपन्न वर्गलाई राहत लिन सहज हुने उनको भनाइ छ ।
यसअघि महानगरपालिकाले राहतका लागि निवेदकको नागरिकताको फोटोकपी, फोटो, घरको नक्सापास, खानेपानी तथा विद्युत महसुल तिरेको बिल र घर बहाल सम्झौता पत्रको फोटोकपी आवश्यक पर्ने मापदण्ड तोकेको थियो ।
यस्तो मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको भन्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्तिमार्फत् मापदण्ड सहज बनाउन माग गरेका थिए । ‘अब राहत लिन सजिलो भएको छ, वडाध्यक्ष लामिछानेको भनाई उदृत गर्दै नेपाली काँग्रेसका कास्कीका प्रवक्ता नवीन सिग्देलले भने, राहत आवश्यक पर्ने वर्गले सम्वन्धित टोल विकास संस्थासँग समन्वयगरी वडा कार्यालयबाट राहत लिन सक्ने छन् ।’
Related News
सम्बन्धित समाचार
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
hero news full width
मुख्य समाचार
आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
वैशाख ५, २०७८महामारी फैलियो, सावधानी छैन
वैशाख ५, २०७८एकै दिन १०९६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
वैशाख ५, २०७८गण्डकी प्रदेश खेलकुद परिषदले पायो पूर्णता, उपाध्यक्षमा नारायण पुन
वैशाख ५, २०७८