अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
Hydro

खाँदबारी, १९ चैत । सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई दुई थान भेन्टीलेटर, तीन थान आईसीयू बेड, एक थान प्यासेन्ट मनिटर तीन थान, सेनिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । भेन्टिलेटर सुविधा भएको जडान हुने सङ्खुवासभा पहिलो पहाडी जिल्ला भएको छ ।

मङ्गलबार एक कार्यक्रमका बीच रु एक करोड पाँच लाखको स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुन भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गरेका हुन् । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले बताए ।

जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो । अब जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जनाएको छ । आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…

    hero news full width

    sanil ads

    wordlink ads