एक मीटर फरक दुरी निर्धारण गरी डिस्टेण्ड चिन्ह

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
photo

धनकुटा १९चैत । कोरोना भाइरसबाट बच्नका लागि धनकुटा उद्योग बाणिज्य संघले बुधवार धनकुटाका पसलहरु अगाडि एक मीटरको डिस्टेण्ड निर्धारण गरी चिन्ह बनाइदिएको छ ।
सुरक्षित ढंगले दैनिक उपभोग्य सामाग्री बिक्रीवितरण गर्न सचेत गराउदै उक्त दुरी निर्धारण गरेको हो ।

सुरक्षित ढंगले सामग्री वितरण गर्न सचतेना जगाउदै कोरोना भाइरसबाट बच्न र निणन्त्रण गर्नका लागि धनकुटा उद्योग बाणिज्य संघले बुधवार धनकुटाको किराना, तरकारी र मासु पसलमा सुरक्षा दुरी (डिस्टेण्ड ) निर्धारण गरी चिन्ह बनाएको जानकारी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दिए । कोरोना भाइरलाई नियन्त्रणगरी संक्रमण फैलन नदिनका लागि कम्तिमा एक मीटरको डिस्टेण्ड( दुरी) कायम गरी पसल अगाडि डिस्टेण्ड चिन्ह बनाई उपभोक्ता र व्यापारीबीच समान किन्ने र वेच्नका लागि व्यवस्था गरिएको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे ,लिजा श्रेष्ठ, सुनिता थापा ,धनकुटा उद्योग बाणिज्य संघका पूर्व कार्यालय प्रमुख जयन्द्र प्रधान लगायतले व्यापारी तथा व्यावसायीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेका थियो । पसलमा समान किन्न आउने प्रत्येक ग्राहकलाई स्यानिटाइजरले हात धुन लगाएर मात्र सामान बेच्न र पैसामा थुक नलगाउन समेत अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width