Worldlink ads

लकडाउनमा भिडियो कन्फरेन्सको माध्यमबाट शिक्षकहरूलाई तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
FB_IMG_1585463842051

कास्की, चैत्र-१८ । लकडाउनको समयलाई घरकै कोठाभित्र बसी सदुपयोग गर्न प्रविधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय प्राविधिक समितिले अनलाइन प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सञ्चालन सञ्चालन गरेकाे छ ।

‘हामीले लकडाउनको समयलाई शैक्षिक बहसमा विताएका छौ, प्राविधिक पेसागत विकासमा अभिवृद्धिमा सघाइरहेका छौ’ तालिममा सहभागी गण्डकी प्रदेशका सदस्य दुर्गा बहादुर रावतले भने। उनले इन्टरनेटको पहुँचमा रहेका शिक्षकहरुलाई विभिन्न किसिमका ज्ञान आदानप्रदान गर्ने गरेको बताए।

चैत्र १४ गतेदेखि सञ्चालन भैरहेकाे तालिममा देशभरका करिब १ सय शिक्षक सहभागी छन्।  भिडियो कन्फरेन्सको माध्यमबाट शिक्षकहरूलाई प्रविधिमैत्री तुल्याई कक्षाकोठामा प्रविधिको पहुँच विस्तार गर्ने तालिमकाे उदेश्य रहेकाे छ ।

Learning by doing and doing by learning सिद्धान्तमा आधारित रहेर सञ्चालन भएको यस प्रकारको तालिमले संस्थागत तथा ब्यक्तिगत बिकास गई अन्ततः कक्षाकोठाको शिक्षण सिकाइ प्रविधियुक्त हुने र विद्यार्थीहरूको सिकाइमा टेवा पुग्ने विश्वास लिइएको गण्डकि प्रदेश अध्यक्ष पौडेलले बताए।

‘सिकेको सीपलाई देशभर पुर्याउन लकडाउनको समयले साथ दिएको छ, घरमा बस्दा कोरोना संक्रमणको जोखिम पनि नहुने, धेरै ज्ञान पनि सिकिने’ केन्द्रीय प्राबिधिक संयोजक घनश्याम अधिकारिले भने। उनले दैनिक दुई चरणमा तालिम सञ्चालनको तयारी भइहरको बताए।

नेपालका ७७ वटै जिल्लाका शिक्षकलाई जोड्ने योजना रहेको बताए उनेले बताए । प्रविधिमैत्री शिक्षक समाज, नेपाल नेपालभरका तमाम प्रविधिमैत्री शिक्षकहरूको आत्मजागरणको उपज भएको हुँदा शिक्षकको पेसागत विकासका लागि तालिम नेपालमै नौलो अभ्यास भएको दावी समेत गरिएको छ।

प्रविधिको प्रयोग गरी शिक्षकहरूलाई आवश्यक पर्ने शिक्षण सिकाइ सामग्री निर्माणका लागि आवश्यक टुल्सहरू, अनलाइन टिचिङ, इमेल–इन्टरनेटको उपयोग, विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक साधनहरु निर्माण, वेव पेज डिजाइनिङ, हार्डवेयर, नेटवर्किङ, अफिस प्याकेज, अडियो भिडियो इडिटिङ, एडोब, मोबाइल टिचिङ तथा विभिन्न सिकाइ सफ्टवेयहरूको प्रयोग लगायत विषयगत शिक्षण सिकाइका लागि आवश्यक पर्ने विभिन्न विषयवस्तुहरू तालिम प्याकेजमा समावेश गरिएको प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले बताएका छन्।

तालिमलाई केन्द्रीय प्राविधिक समितिका शिक्षकहरूले नै सहजीकरण गरिरहेको पनि उनले बताए। केन्द्रीय प्रशिक्षकहरू तयार गरेपछि विस्तारै प्रदेश, जिल्ला र स्थानीय तहहरूमा पनि यस प्रकारका तालिमहरू सञ्चालन गरी सबै आधुनिक सूचना तथा सञ्चार प्रविधिमा शिक्षकहरूलाई सक्षम तुल्याउने समाजले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • मस्जिदमै कक्षा सञ्चालन

      रासस असाेज ६, २०७८
      पर्वत । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती…
    • इसिडी शिक्षकको प्रश्न : बढेको तलब कहिले पाइन्छ ?

      साधन राम्जाली असाेज ४, २०७८
      म्याग्दी । बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र कर्मचारीले विभिन्न मागसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्…
    • हिसान कास्की अध्यक्षमा यमबहादुर रोका

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौं अधिवेशनबाट यमबहादुर रोका अध्यक्ष…
    • नेल्टामा अजय थापा

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      पोखरा । अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरुको व्यावसायिक संगठन (नेल्टा) कास्कीमा अजय थापा अध्यक्षता निर्वाचित भएका छन् । संस्थाको २२…
    • म्याग्दीमा असोज १ देखि विद्यालय खुल्ने

      आदर्श समाज सम्वाददाता भाद्र २८, २०७८
      म्याग्दी, २८ भदौ ।  कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads