Worldlink ads

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
nepal-bank

काठमाडौँ, १९ चैत । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच/पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घीय सरकारको राहत कोषमा रु एक करोड सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads