लकडाउनको पूर्ण पालना गर्न कोइरालाको आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
deepak

पोखरा, १९ चैत । गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

सभापति कोइरालले बुधवार सन्देश दिदै उनले अत्यावस्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरे । अहिले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उनले बजारमा कतै कालोबजारी भए जनता दुःखमा परे सीधा आफुलाई ९८५६०२३१६१मा फोन गर्न आग्रह गरे । आफ्नो समितिले लकडाउन भन्दा अगाडि बैठक बसेर समस्या खाद्यान्न तथा अन्य समस्या आउन नदिन सम्बन्धित निकायलाई दिएको निर्देशनले काम गरेको कोइरालाको भनाइ छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण ८ लाख ५८ हजार भन्दा बढी संक्रमित र ४२ हजार भन्दा धेरैको मृत्यु भएको भन्दै कोइरालाले सवै जना सेचेत रहन आग्रह गरे । अहिलेको अवस्थामा सरकारलाई सहयोग गर्नु बाहेक अर्को विकल्प नभएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width