बुटवल । बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन् ।
मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै परिवारले बाबुरामको शव नउठाएका हुन् । पाल्पा रिब्दिकोट गाउँपालिका–६ मा स्थायी घर भएका थापाको परिवार सैनामैना नगरपालिका वडा नंं ४ सिसौडाँडामा कोठा भाडामा बस्दै आएका थिए । गत ६ चैतमा दुबईबाट नेपाल आएका उनलाई हल्का ज्वरो देखिएको थियो । ५ बर्षपछि घर आएका उनी चैत १३ गते अटो रिक्सा रिजर्भ गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो जाँचका लागि आएका थिए । तर, त्यहाँ उपचारमा खटिएका स्वास्थ्यकर्मीले आइसोलेसनमा राखेर उपचार गर्ने भन्दै धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा पठाएका थिए । तर, तीन दिनपछि गत आइतबार दिउँसो उनको मृत्यु भएको थियो ।
मृतक थापाकी श्रीमती रिता थापाले कोरोनो नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट डाक्टरले दिनुपर्ने बताइन् । उनले श्रीमान् हिँड्दै अस्पतालमा पुगेको र अर्को दिनसम्म फोन सम्पर्क समेत भएको अवस्थामा डाक्टरले अर्को दिन मृत्यु भयो भन्नु अस्पतालको गम्भीर लापरबाही भएको बताइन् ।
उनले छोराहरु र आफूलाई पनि सरकारले हेर्नुपर्ने माग गरिन् । ‘अस्पतालमा समेत उहाँलाई अमानविय व्यवहार गरेका थिए । केही नभएको मान्छेलाई ३ दिनमै डाक्टरले मारे । यो सबै अस्पतालको लापरबाहीले भएको हो ।’ उनले भनिन् ।
मृतक थापाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ । उनको सोमबार मात्रै कोरोना नेगेटिभ भएको रिपोर्ट आएको थियो ।
यता लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले बाबुरामको मृत्यु निमोनियाले भएको रिपोर्ट आएको र शव बुझ्नका लागि परिवारलाई खवर गरिएको जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७