पोखरा २८ मा राहत वितरण र कोरोना रोकथामबारे छलफल

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६

पोखरा, १८ चैत । साबिक माझठाना र कालिका गाविस समेटेर बनाइएको पोखरा महानगरपालिका वडा नं. २८ ले कोरोना संक्रमणका जोखिम पहिचान गरी मंगलबार सर्वदलीय बैठक गरेको छ ।

वडाध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको बैठकले महानगरको मापदण्ड बमोजिम अति विपन्नलाई राहत र वडावासीलाई कोरोनाबाट सुरक्षित बनाउने उपायबारे छलफल गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण सम्वन्धी वडा स्तरीय समितिका संयोजकसमेत रहेका वडाध्यक्ष दियालीले वडा वडामा क्रियाशील विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, युवा क्लब लगायतका प्रतिनिधिसँग सर्बदलीय, सर्वपक्षीय बैठक गरी महासंकटको मुकाबिला गर्ने उपाय खोजिएको जानकारी दिए ।

उनले स्थानीय राजनीतिक दल, संघ, संस्था सबैसँग सहकार्य गरी महानगरको मापदण्ड अनुसार राहत आवश्यक पर्नेहरुको नाम दिन अनुरोध गरेका छन् । वडाध्यक्ष दियालीले साबिक माझठानाको भेटेरिनरी कार्यालयमा क्वारेन्टाइन बनाउने निर्णय भएको जानकारी दिए । यसको तयराीका लागि वडा सदस्य विष्णुप्रसाद तिवारीको संयोजकत्वमा वडा सदस्य अम्बिका बुढाथोकी र राधाकृष्ण तिवारी रहेको समिति बनाइएको छ ।

बैठकबाट स्थानीय व्यापारी, व्यवसायीले वडाले तोकेको समयमा भिडभाड नगरी काम गर्नुपर्ने निर्णय भएको छ । वडामा अझैबजारमा मानिस घुम्न आउने भएकाले उनीहरुलाई सम्झाईबुझाई फर्काइने भएको छ ।

बैठकले आगामी दिनमा वडामा भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिलाईसुरक्षित तवरले घरैमा वा तोकिएका क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरेको छ । लकडाउनका कारणले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिहरुको तथ्यांक संकलन गरी पोखरा महानगरपालिका कार्यालयमा पठाउने र राहत वितरण गरिने भएको छ ।

वडाका दैनिक उपभोग्य पसल व्यवस्थित र सुरक्षित तवरले गर्न  दैनिक समय निर्धारण गरी खोलिने भएका छन् । यी पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ वजेदेखि ७ वजेसम्म सुरक्ष्ति तवरले खोलिने छन् । वडाका टोल, वस्ती मठ मन्दिर, गोष्ठी आदिमा भेला हँुदा आवश्यक दुरी कायम गर्न र सुरक्षाका उपाय अपनाउन बैठकले अनुरोध गरेको छ । वडाले  विभिन्न टोलका असाहाय बृद्ध, फरक क्षमता भएका व्यक्ति र दुई वटै स्वास्थ्य संस्थालाई ६ सय मास्क वितरण गर्ने भएको छ ।

बैठकमा नेकपा अध्यक्ष भोलानाथ त्रिपाठी, सचिव यज्ञप्रसाद तिवारी, कार्यदल सदस्य नारायण त्रिपाठी

कांग्रेस इकाइ उपसमिति शिवबहादुर अधिकारी रेडक्रस, प्रहरी, युवा क्लब आदि प्रतिनिधि सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width