लघुकथाः ‘सुसाईड नोट’

निर्मल घिमिरे
चैत्र १८, २०७६
IMG_1018

करिब करिब रातीको साढे बाह्र जति बजेको होला, बिमला सबै घरधन्दा सकेर टि भि हेर्न लागिन् । टेलिभिजनमा पनि त्यो मध्यरातमा के नै आउथ्यो होला र तापनी उनिले एक पछी अर्को च्यानल चेन्ज गर्दै रहिन्। तैपनी जुन च्यानल लगाए पनि चित्तै नबुझे पछी दिक्क लागेर रिमोट हुत्याएर कोल्टे फर्किन मात्र के लागेकी थिइन उनको मोबाईलमा घण्टी बज्यो । फोन श्रीमान बिमलको थियो ।

फोन उठाइन् । उता बाट केवल एक वाक्य “म आज आँउदिन कामले बिजी छु” मात्र आवाज आयो अनि फोन काट्इयो । तर पृष्ठभुमीमा महिलाको कामुक स्वरमा “कम अन बेबी” भनेको उनले सुन्छिन्। बिमलाले कल ब्याक गर्दा तुरन्तै उताको मोबाइल ‘स्वीच अफ’ को सङ्केत आयो ।

फोन जसरी स्विच अफ भयो ठिक त्यसै गरी उनको मूड पनि अफ भयो अनि टी भि को पनि । उनि झर्को मान्दै उठ्छिन अनि एक पटक केटाकेटी सुतेको कोठामा जान्छिन र हेर्छिन् । छोराछोरी राम्रो सङ्ग सुतेका छन् कि छैनन भनेर । सानी छोरीले सिरक राम्रो सँग नओढेकी हुनाले उनको सिरक मिलाईदिन्छिन अनि दुबैजना बच्चालाई निधारमा चुम्मन  गरेर ढोका  बिस्तारै ढप्क्याएर साझमा पकाएको सबै खानाहरु ९खसीको मासु, मसला पुलाउ, नेपाली अचार अनि सलाद० फ्रीजमा राखिन अनि केहि मनमनै भुन्भुनाइन । “यदी घिच्न मन थिएन भने पहिल्यै किन नभनेको होला । हुन त यसमा नयाँ खासै के नै कुरा भयो र आज मात्र ।

काम त केवल उसले मात्र नै पो गर्छ नि, घरमा त सबै आफ से आफ नै हुन्छ होला नि । हरेक कुरामा एक हद र सिमा हुन्छ नि, कत्ती सहनु पनि, सक्ने जती पो सहन सकिन्छ नि । हदै नाघें पछी त………. यत्ती भन्दै आफ्नो कपालको गुजुल्टोको जरामा बेस्सरी अठ्याँउछिन् अनि भुत्भुताउँदै जुरुक्क ओच्छ्यानबाट उठ्छिन र कलम र कागज तयार पारी सोमा केहि लेख्छिन । जसको शिर्षक हुन्छः

सुसाईड नोट


प्रिय बिमल,
मलाई त्यो दिन अहिले पनि याद छ, जुन दिन हाम्रो पहिलो भेट भएको थियो । त्यो कफी सपको सोफामा बसेर तिमीले लजाउदै हेर्दै थियौ जतिबेला म अफिसको मिटिङको लागी गएको थिए । मिटिङ सकिए पछी जब म होटलबाट निस्कन लागेको मात्र के थिए, तिमी म छेउ आएर मेरो नाम सोधेको थियौ । सो बेला म मा सार्है घब्राहट छाएको थियो । हतार(हतार बाहिर निस्केर ट्याक्सीमा चडेर निस्केको थिए । तिमीले त्यो दिन मलाई मेरो अफिस सम्म बाइकमा पिछा गरेको थियौ । अनि केहि दिन पछी मेरो घर पत्ता लगाएर ‘आशिक’ झै घर सम्म नै पिछा गर्ने गर्थ्यौ। म जता जान्थे , तिमीलाई त्यतै पुगिरहेको देख्थे , कुनै हिन्दी फिल्ममा देखिने जस्तो कहाँनी जस्तो लाग्थ्यो मलाई त्यो पल । मेरो नाम पत्ता लगाइ मेरो फेसबूक भित्रको धेरै अगाडीको फोटोलाई समेत ‘लाईक अनि लब रियाक्ट’ गरेर महिनौ पिछा गर्दा मेरो मनमा पनि तिम्रो बारेमा कौतुहलता लागेर आयो अनि बिस्तारै मन जित्न थालेउ। त्यसपछी मलाई पनि तिम्रो बारेमा अलि अलि जान्न मन लग्न लायो  र तिमीले धेरै पटक कफी पिउन गरेको  आग्रहलाई एकदिन स्वीकार्दाको दिन तिमी कत्ती धेरै खुशी देखिएको थियौ, त्यो म अहिले झलझल्ती सम्झिरहेको छु ।

तिम्रो प्रेम प्रस्ताब स्वीकार गरे , अनि एक साल पछी बिहे, त्यसरि तीन साल भित्रमा दुइ सन्तान । तर अहिले केवल म । हो केवल ‘म’ मात्र अहिले । यि दुइ बच्चाका साथ केवल म एक्लै ।  तिमी कामबाट कतिबेला आउछौ, अनि कतिबेला जान्छौ , न त्यो म सँग सल्लाह हुन्छ न त मलाई थाहा नै हुन्छ । मैले आफ्नो हुँदाखादाको त्यस्तो राम्रो अफिसियल जागिर तिमीले नै छोडिदेउ भनेकोले छोडे । सबै साथीभाइ अनि आफन्त नातेदार सङ्ग नभेट भन्यौ, मैले तोडिदिए सबै सँग सम्पर्क । धेरैले बोलाउथे बिबाह, पास्नी, ब्रतबन्ध एनिभर्सरी, जन्मोत्सब्, फेयरवेल अनि जमघटहरुमा । तर घरमा बच्चा एक्लै हुन्छन भनेर म सबैलाई टारिदिन्थे ।

मलाई थाह नै नदिइ तिमी कयौ दिन घरबाट हराउथ्यौ । कहिले साथीभाइ सँग घुम्न  हप्तौ जान्थ्यौ , जहिल्यै मिटिङ(मिटिङ अनि अफिसियल काम भन्दै  दुइ चार रात घर मै आउदैनौ थियौ, पकाएको खाना कुरेर बसेको र भोली पल्ट डस्बिनमा फालेको घटना कयौ होला, त्यो मेरो गणनामा हुनै छोडिसक्यो । साढे ३ महिना भएछ छोरीलाई स्कूल पुर्याउन र राशन तरकारी किन्न पसल जाने बाहेक अरु कामका लागी घरको जस्केलो नकटेको । फेसबूकमा साथीभाइ हरुले पती(पत्नी घुमफिर गरेको कत्ती धेरै फोटो अनि हासखेल गरेको कस्ता रमाइला रमाइला फोटो देख्दा मन कटक्क खादै लाईक गर्दै बस्नु सिबाय अरु अवसर केहि पाइन मैले । यसो सम्झन्छु हाम्रो ब्याजीका साथीभाइ मध्य सबैभन्दा बढी रमाइलो गर्ने मान्छे थिए म । सबै साथीहरुले भन्थे कि म नगएको दिन कुनै पनि जमघट नरमाइलो हुन्छ भन्दथे । कत्ती धेरै हास्थ्यौ हामी अनि रमाइलो पनि । बिहे गरे पछी अनायासै हास्न बिर्सेछु मैले । “आ।।।। स्वास्नी घरमा छदै छे नि” भनेर ढुक्कका साथ यसरी बेखबर  हराउथ्यौ कि , घरमा चाही सबै काम आफ से आफ अटोमेटिक सम्पन्न हुन्छ होला नि । फोन गर्दा कम से कम अलि राम्रो सँग रेस्पोन्स त गर्न सकिन्थ्यो होला नि, केवल छोटो दुइ शब्द त्यो पनि सार्है बिस्तारै ९ब्यस्त छु० भन्न नसकिदै फोन काट्थ्यौ । मध्य रातमा तिमी सँग परस्त्रीको स्वर सुन्दा मेरो मन र मुटु कस्तो भयो होला त्यो कहिल्यै सोच्न सक्यौ तिमीले रु

धेरै पटक यो बिसयमा सम्झाउन खोजे तर तिमी भन्थ्यौ “पैसा दराजमा छ, केहि कुराको अभाव हुन पाएको छैन घरमा । बाबुनानीहरु अनि आमालाई कुनै कुराको पनि कमी हुन नदिनु ।”सबै घर ब्यबहारमा मैले सबैलाई आड भरोसा अनि साथ दिएको छु, तर तिमीलाई मेरो प्रश्न छ कि, “मैले चाही के खोजेको साथ पाएको छु त रु के पैसा ले मात्र एक श्रीमती लाई सबै थोक पुग्छ होला र रु श्रीमानको समय आफ्ना लागी अनि घरका लागी श्रीमतीले चाहेकी हुन्न होला र ?”

‘नपाउदा कस्तो न कस्तो, पाए पछी सस्तो’ भन्ने उखान झै ब्यबहार गर्यौ है मलाई । मैले मौखिक सम्झाउन खोजेको आज सम्म तिमीलाई हजार चोटी भन्दा बढी भयो होला तर तिमीले मेरो यो गुनसोलाई “कचकच “ को सङ्ज्ञा दिन्छौ ।

अब त अत्ती भयो बिमल तसर्थ बरु म यो दुनिया नै छोडेर जाने निर्णयमा पुगे । मलाई माफ गरिदेउ अनि छोराछोरी अनि आमा लाई मेरो मेरो अभाव खड्कन नदिनु है । आफ्नो ख्याल गर्नु, जत्ती ब्यस्त भए पनि समयमै खाना खानु अनि सधै खुशी रहनु है ।

अलबिदा ।।।
उही तिम्रो माया अनि साथ पाउन नसकेकी
अभागिनी बिमला ।


यत्ति लेख्न साथ उनलाई केटाकेटीको याद आँउछ अनि दौडेर उनिहरु सुतेका ठाँउमा पुग्छिन अनि सिरक राम्रो सँग ओढाएर अकोहोरो सन्तानहरु को अनुहार हेर्छिन् अनि आखाँबाट तप्प आँशु झार्दै पुन त्यो सुसाइड नोट निर पुगी केहि बेर टोलाएर सोचमग्न हुँदै कापीबाट सो नोट स्वाट्ट च्यातेर डल्लो पारी डस्बिनमा मिल्काउदै चित्कारिदै कराउछिन “नारीलाई त मर्न पनि छुट छैन यो भवसागरमा, यो सारा बन्धनले, यदी म नै रहिन भने यि लालाबालाहरुको हालत के होला“ भन्दै भक्कानिन्छिन । उनले यी र यस्ता चिट्ठी लेख्दै मिल्काएको दुइ दर्जन पटक जती नाघिसकेको थियो सायद । मध्य रातमा जब मनमा बिरक्त लाग्थ्यौ अनि आत्महत्या गर्ने निर्णयमा पुग्थिन । लालाबाला, घर ब्यबहार अनि श्रीमान एक्लो हुन्छन फेरी भनेर त्यो पन्ना च्यातेर फालिदिन्थिन । प्रत्येक दिन उनले ‘आफ्नो आफैले गर्ने हत्या’ जितेर बसेको पनि आज महिनौ भईसकेको थियो ।

भोलीपल्ट सदा झै उनि त्यस दिन सासु आमा अनि छोराछोरी लाई खाना खुवाइ बाबुनानी लाई स्कूल पुर्याउन गएकी थिइन । आउँदा घरको मुल ढोका खुल्लै देखिन र हत्तारिदै कोठा भित्र छिर्छिन । बेडरूममा उनका श्रीमान टाउको समाएर आखा भरी टिलपिल टिलपिल आशु बनाएर बसिरहेका थिए भने छेउ मै बिबाह अगाडी उनले किनिदिएको आफुलाई एकदमै मन पर्ने कुर्ता सुरुवालको सेट थियो । उनले त्यो देख्ना साथ “के भयो र , आज चाँडै अफिसबाट आएछौ नि भनेर सोधिन अनि निधार मा हात राख्दै, सन्चो छैन हो रु भनेर सोधिन । श्रीमान भक्कानिदै “आज सम्म मैले यस कुरामा कहिल्यै ख्याल गर्न सकेको थिइन । मैले कमाएर ल्याइदेकै छु, घरमा सबै थोक पुरा गरिदिएकै छु, काममा सधै ब्यस्त हुन्छु त यसमा हाम्रै भलाई को लागी त हो नि” भन्ने सोच्थे । प्लीज मलाई माफ गर बिमला, म ठुलो भ्रममा रहेछ । तिमीलाई बिबाह पछी मैले आत्मियता दिएकै रहेनछु भन्ने कुराको अहिले पो मलाई ‘फ्लास ब्याक भइरहेको छ । बिबाह पछी उनको मुखबाट निस्किएको सायद पहिलो मायालु शब्द थियो अनि पहिलो पटक नयाँ वाक्य सुनेकी हुनाले बिमलाको आखाँले पनि नरोइ सुखै पाएन अनि धेरै बेर दुबैजना रोए ।

केहि बेर पश्वात बिमलले फ्रीजबाट दुइ गिलास चिसो पानी लिएर आउछन अनि बिमलाको आसु रुमालले पुछिदिएर पानी दिदैँ आफ्नो छातीमा टसाएर डुबै जाना धेरै बेर रुन्छन। अनि बिमलासँग  पुन माफी माग्दै आइन्दा यस बारेमा आफु सधैँ सजग हुने अनि आफ्नो पहिलो प्राथमिकता अबबाट घर परिवारमा हुने अनि मात्र अरु काम भन्दै त्यो कुर्ता सुरुवाल को सेट थमाउदै “हिड आज फिल्म हेर्न जाने , बाबुनानी अनि आमालाइ पनि साँझ खाना खान बाहिर लिएर जाने है” भने ।

बिमला पनि हर्सित हुँदै कुर्ता सुरुवाल लगाउन ‘चेन्जिङ रूम’ जान लाग्दा यसो डस्बिनमा हेर्छिन, तर त्यहाँ उनले पहिला पहिला डल्लो पारेर फालिएको त्यो सुसाइड नोट देख्दिनन्।

(लेखक निर्मल घिमिरे, बालगंगा हरिवन १०, सर्लाही, हाल जापान)

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width