पोखरा, १८ चैत । पोखरा महानगरपालिका वडा नं ३३ स्थित पानीटंकी बरेलीचोक टोल विकास संस्थाले कोरोनाको महामारीसँगै जारी लकडाउनका कारण समस्यामा परेका घरपरिवारको विवरण संकलन गरेको छ ।
संस्थाले टोल विकास अन्तर्गत बसोवास गर्ने दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका अनाथ, पूर्ण अपांग एवम् विपन्न महिला तथा बालबालिकाको विवरण संकलन गरी वडा कार्यालयमा पठाएको संस्थाका अध्यक्ष वसन्तराज आचार्यले जानकारी दिनुभयो ।
प्रारम्भिक चरणमा टोल विकास अन्तर्गतका १२ घरपरिवारको विवरण संकलन गरिएको र वडा मार्फत आवश्यक सहयोगका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमणका कारण विश्व नै तहसनहस बन्दै गएका अवस्थामा प्रत्येक नागरिक यसबाट जोगिनका लागि सचेत बन्नुको विकल्प नभएको स्थानीय समाजसेवी टंकराज आचार्यले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं ३३ भित्र जनप्रतिनिधि, राजनीतिक दल एवम् टोल विकास संस्थाको समन्वय एवम् पहलमा विवरण संकलन भैरहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
साइक्लिङमा जमुनाको जमाना
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८