वालिङ, १८ चैत । कुनै पनि संघ संस्था तथा व्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण नगर्न वालिङ नगरपालिकाले आग्रह गरेको छ ।
चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको आपूर्ति ब्यवस्थापनलाई सहज बनाउने बैठकले गरेको निर्णयलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गृह मन्त्रालयको परिपत्र अनुसार कुनैपनि निकाय/संघ/संंस्था/ब्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय भएकाले सोही अनुसार गर्नुहुन वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अनुरोध गरेका हुन् ।
“गृह मन्त्रालयको परिपत्र अनुसार कसैले पनि सहायताको नाममा चन्दा उठाउन वा आँफूखुसी सहायता वितरण गर्न पाउने छैनन्” नगर प्रमुख खाँणले भने “एकद्वार प्रणालीबाट सहायता गर्दा राम्रो हुने र समान पहुँच पुग्ने भएकाले वितरणमा दोहोरोपनाको समस्या हुन पाउँदैन ।”गृहमन्त्रालयको परिपत्र अनुसार स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गरिने नगर प्रमुख खाँणले बताए ।
Related News
सम्बन्धित समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
कर्णालीमा एमालेका तीन सांसद पार्टीबाट निष्काशित
जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
hero news full width
मुख्य समाचार
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८